सभामुख सापकोटाले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
विदुर खबर
२०७८ जेठ २८ गते ८:१६
नुवाकोट । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठक आज बस्दैछ।
बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।
छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए। सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ।
छलफलमा प्रधानमन्त्री ओली जानेरनजाने अहिले निश्चित भइसकेको छैन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु
रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन





प्रतिक्रिया