रियल मड्रिड विजयी, असेन्सिओले गरे दुई गोल

विदुर खबर २०७४ फागुन ७ गते ९:३०

७ फागुन, काठमाडौं । मार्को असेन्सिओले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा रियल बेटिसलाई हराएको छ ।

Advertisement

लगातार तेस्रो जित हात पार्ने क्रममा रियल मड्रिडले रियल बेटिसलाई ५–३ गोल अन्तरले हराएको हो ।

रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलले ११ औं मिनेटमा असेन्सिओको गोलबाट अग्रता लिएको थियो ।

Advertisement

३३ औं मिनेटमा आइसा मान्डीले बराबरी गोल गरे भने ३७ औं मिनेटमा रियल मड्रिडका नाचोले आत्मघाती गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–१ ले अगाडि रह्यो ।

दोस्रो हाफमा रियल मड्रिड हावी भयो । ५० औं मिनेटमा सर्जिओ रामोसले बराबरी गोल गरे । खेलको ५९ औं मिनेटमा असेन्सिओ र ६५ औं मिनेटमा रोनाल्डोले गोल गरे ।

Advertisement

खेलको ८५ औं मिनेटमा सर्जिओ लियोनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, इन्जुरी टाइममा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ५–३ ले विजयी बन्यो ।

जितसँगै रियल मड्रिड २३ खेलबाट ४५ अंकका साथ चौथो स्थानमा छ भने २४ खेलबाट ३३ अंक जोडेको बेटिस नवौं स्थानमा छ ।

लिग लिडर बार्सिलोनाको २४ खेलबाट ६२ अंक छ र अझै रियल मड्रिड १७ अंकले पछाडि छ ।

प्रतिक्रिया