बिहीबार फेरी घट्यो सुनको भाउ

विदुर खबर २०७८ जेठ २७ गते १४:४५

नुवाकोट । बिहीबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ४०० र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

Advertisement

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

 

Advertisement

प्रतिक्रिया