आज कुन जिल्लामा कति सङ्क्रमित ?
नुवाकोट । केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
तर गाउँमा तीव्र रुपमा फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा सहरमा केही घटे पनि गाउँमा सङ्क्रमण फैलिरहेको छ ।
४६ जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । काठमाण्डौमा सबैभन्दा धेरै ११ हजार ८५ जना सक्रिय सङ्क्रमित छन् । काठमाण्डौपछि ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो दुई हप्तामा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ ।
मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार ३ सय ३६ जना छ । कुल सङ्क्रमित छ लाख १५ हजार ६ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको ज्यान गएको छ ।
२१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको छ ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु :
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटी ।
दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु :
ताप्लेजुङ, उदयपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, रसुवा, पर्वत, म्याग्दी, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुला ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया