मन्त्रिपरिषद विस्तार गर्दै ओली, बादल पत्नी नैनकला सञ्चारमन्त्री
विदुर खबर
२०७८ जेठ २७ गते १४:११
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
हाल ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।
स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको छ ।
त्यस्तै, नारदमुनी राना (वनमन्त्री), मोहन वानियाँ (विनाविभागीय), खगराज अधिकारी (गृहमन्त्री), ज्वालाकुमारी साह (कृषि मन्त्री), राजकिशोर यादव (उद्योग मन्त्री), गणेश पहाडी (सामान्य प्रशासन मन्त्री) र आशा विक (वन राज्यमन्त्री) हुने तयारी रहेको बताइएको छ ।
उनीहरुले आज ४ बजे शपथ ग्रहण गर्ने छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया