राष्ट्रपति ट्रम्पलाई कमजोर नआँक्न चीनलाई अमेरिकाको चेतावनी

वासिङटन– अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन्।
आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बतएका हुन्।
अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भने, ‘चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्नुहुन्न होला भनेर कम नआँक्नु राम्रो होला।’
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार कर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो।
ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो। रासस/एएफपी
प्रतिक्रिया