वेत्रावती बहुउद्देश्यीय सामुदायिक भवनको शिलान्यास
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० मा रहेको श्री गोसाईकुण्ड युवा क्लबले बेत्रावती निर्माण गर्न लागेको “बेत्रावती बहुउद्देश्यीय सामुदायिक भवन”को आईतवार शिलान्यास गरिएको छ ।
बहुउद्देश्यीय सामुदायिक भवनको बिदुर नगरपालिका वडा १० का अध्यक्ष गणेश नेपालले शुभारम्भ गरेका हुन् । भवन निर्माणको लागि १ करोड २५ लाख रुपैयाँ रकम लाग्ने अनुमान गरिएको भवन निर्माण कार्य समितिका संयोजक सुरज लवटले जानकारी दिए ।
भवन निर्माणको रकम गोसाइँकुण्ड युवा क्लबले ब्यहोर्ने गरी निर्माण सम्पन्न गर्न लागिएको हो भने बाँकी अपुग रकम विदुर नगरपालिका ,वडा कार्यालय तथा विभिन्न दातृ सस्था,समाजसेवीहरुको सहयोगबाट आर्थिक रकम संकलन गरी निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको भवन निर्माण कार्य समितिका संयोजक सुरज लवटले बताए ।
निर्माणपश्चात सामुदायिक भवनमा पार्टी प्यालेस, सभाहल, बिवाह, ब्रतबन्ध, बैठक, सास्कृतिक कार्यक्रम लगायतका सार्बजनिक कामहरुको प्रयोगमा ल्याइने स्थानीय समाजसेबी एवं निर्माण कमिटी सदस्य पर्वत डङ्गोलले बताए ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपालले बहुउद्देश्यीय सामुदायिक भवन स्थानियकै हितको लागि निर्माण हुन लागेकोले सबै मिलेर निर्माण सम्पन्न गराउन आर्थिक र भौतिक सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै गोसाईकुण्ड युवा क्लबका संस्थापक अध्यक्ष अष्टमान डंगोलले सबै स्थानीय जनप्रतिनिधि,दातृ संस्था तथा बुद्धिजिबी र समाजसेवीहरु मिलेर भवन निर्माणमा लाग्नुपर्ने बताए ।
बेत्रावती बजारस्थित ढाढेबगरको सार्बजनिक जग्गामा बन्न लागेको उक्त भवन बन्न सके सम्पुर्ण बेत्रावतीबासीहरुले सार्बजनिक रूपमा गरिने कुनै पनि कामको लागि सहजता हुने विश्वास लिइएको छ ।
यसैविच वहुउदेश्यीय भवन निर्माणको लागि सुरज लवटको नेतृत्वमा निर्माण तथा – ईश्वर लाल श्रेष्ठको नेतृत्वमा अनुगमन समिती गठन गरि गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया