सिईडिबी हाइड्रोपावरको शेयर कारोबार हाई रेन्जबाट खुल्यो

विदुर खबर २०७८ जेठ २६ गते १२:०५

नुवाकोट । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर कारोबार खुलेको छ । बुधबार देखि कम्पनी शेयर दोस्रो बजारमा कारोबार खुलेको हो ।

Advertisement

कम्पनीको शेयर नेप्सेले प्रदान गरेको ओपिनिङ्ग रेन्जको हाई रेन्जबाट खुलेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो ।

समाचार तयार पार्दा सम्म कम्पनीको ५० कित्ता शेयर ४१६ रुपैयाँमा किनबेच भएर २० हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Advertisement

हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी करिब ५ लाख कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।

Advertisement

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

 

प्रतिक्रिया