इकुपिताङ नामक हास्य श्रृंखला आउँदै

विदुर खबर २०७८ जेठ २५ गते १०:३५

नुवाकोट । बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय पात्र बन्न पुगेका छन् इकु अर्थात् सुलेमान शंकर। उनलाई दर्शकले इकु पिताङ भन्दै रमाइलो रुपमा फेरि हेर्न पाउने भएका छन्।

Advertisement

सुलेमानलाई इकुको रमाइलो रुपमा इकुपिताङ नामक हास्य श्रृंखलामा हेर्न पाइने भएको हो। मेरी बास्सैलगायतका विभिन्न हास्य श्रृंखलामा इकुको भूमिका निर्वाह गरेर लोकप्रियता कमाएका कलाकार सुलेमान शंकर स्वयंले नै इकुपिताङ बनाएका हुन्। श्रृंखलामा इकुको भूमिकाका साथ कथा र निर्देशनसमेत सुलेमानकै रहेको छ। त्यसैगरी, श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतले अभिनय गरेका छन् भने योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत रहेको छ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको इकुपिताङ ग्लोबल टिभी एचडीमार्पmत असारको दोस्रो साताबाट प्रसारण हुनेछ। दर्शकले रुचाएको इकुको भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताए।

Advertisement

देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै फेरि एकपटक इकु टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो सुलेमानले भन्छन् ञदर्शकको चाहनाअनुसार नै इकुपिताङ निर्माण भएको छ। पहिलेका बालबालिकालाई इकुको बारेमा थाहा छ । तर, अहिलेका बालबालिकालाई केही थाहा छैन। अहिलेको पुस्तामाझ पनि इकु चरित्र जीवित राख्ने चाहना मेरो थियो। त्यसैले पनि इकुपिताङ जन्मियो।

इकुलाई फरक ढंगले प्रस्तुत गरिने पहिलेझै जंगली पात्रको रुपमा सुलेमानको भनाइ रहेको छ। श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायँंकन तथा रविन बजगाईंको सम्पादन रहेको छ। सुलेमान हालै मात्र निर्देशक तथा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) र राजु पौडेल (मास्टर) ले निर्देशन गरेको हास्य श्रृंखला हल्का रमाइलोको केही भागमा इकुकै रुपमा देखिएका थिए। सुलेमानले मेरी बास्सैपछि इकुलाई फिल्ममा प्रस्तुत गर्दासमेत दर्शकले मन पराएका थिए।

Advertisement

प्रतिक्रिया