विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विदुर खबर २०७५ साउन १९ गते १:१४

 विराटनगर ,प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ बर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

स्थानीयबासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

शव कपडाविहीन अवस्थामा भेटिएकोले घटना घटाएर अघिल्लो रात सो ठांउमा फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया