सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल बनाउने स्वास्थ्य मन्त्रीकाे घाेषणा

विदुर खबर २०७८ जेठ २५ गते ८:३६

नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।

Advertisement

साेमवार (आज) भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै उहाँले तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञले बताइरहेकाले त्यसको तयारीमा जुटेको बताउनुभएको हो । उहाँले सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको पनि दाबी गर्नुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको रकममा अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार गरे/नगरेकोबारे अनुगमन गर्न निर्देशन दिएको छ ।

Advertisement

आज मन्त्रालयले एक सूचना निकालेर सबै जिल्ला प्रशासनलाई अस्पतालमा सङ्क्रमितको उपचार तोकिएको रकममा नभएको पाइए कारबाही गर्न निर्देशन दिएको हो । यसअघि सरकारले सामान्य अवस्थाका कोरोना सङ्क्रमितको उपचार प्रतिदिन प्रतिव्यक्ति ३५ सय रुपैयाँ र गम्भीर बिरामीका लागि सात हजार रुपैयाँभन्दा बढी नलिन अस्पतालहरूलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया