प्रदेश २ को बजेटअधिवेशन शुरू

विदुर खबर २०७८ जेठ २५ गते ८:२४

नुवाकोट । प्रदेश नं. २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ ।

Advertisement

सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव , एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र प्रदेशसभा सदस्य सावित्री साहले शुभकामना व्यक्त गर्दे सङ्घीयता र लोकतान्त्रिक पद्धतिको रक्षा, कोरोना सङ्क्रमणको अवस्था, केन्द्रीय सरकारको विभेदकारी नीति सन्दर्भमा चर्चा गर्नु भएको थियो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता, नीति छलफलका लागि प्रस्तुत गर्नु भयो । विनियोजन विधेयकमा कोरोना महामारीको नियन्त्रण गर्दे प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति समावेश गरिएको छ ।

Advertisement

विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थ व्यवस्थामा गम्भीर असर परी राजस्व सङ्कलनमा सङ्कुचन आएको उल्लेख छ । यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।

Advertisement

 

प्रतिक्रिया