राप्रपा अध्यक्ष लोहनीद्वारा ककनी अस्पताललाई अक्सिजन जेनेरेटर प्रदान

विदुर खबर २०७८ जेठ २४ गते २१:४७

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले ककनीमा रहेको क्षेत्रीय अस्पताललाई हाइड्रोजन अक्सीजन जेनेरेटर प्रदान गरेका छन् ।

Advertisement

राप्रपाका अध्यक्ष डा. लोहनीको पहलमा क्षेत्रीय अस्पताल ककनी नुवाकोटलाई हाइड्रोजन अक्सिजन जेनेरेटर सोमवार हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारीविरुद्ध अग्र मोर्चामा खटेर स्वास्थ्यकर्मीहरुले गरेको काम उल्लेखनीय रहेको रहेको नेपाली समाजले महसुस गरेको यथार्थ हो ।

यस कार्यमा थप सहयोग हुने बिश्वासका साथ उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको अध्यक्ष डा. लोहनीले बताए ।

Advertisement

नेबुलाइजर सहितको हाइड्रोजन अक्सीजन जेनेरेटरले विद्युुत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सीजन उत्पादन गरी कोभिड विरामीलाई नियमित सेवा यो मेसिनको विशेषता रहेको छ ।

ककनी गाउँपालिकाको अध्यक्ष, वडा नम्बर २, ४ र ८ का जनप्रतिनिधिहरुको रोहवरमा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष र अस्पतालका प्रमुख डा.राकेश रोक्कालाई उपकरण हस्तान्तरण गरिएको हो ।

Advertisement

कार्यक्रमको संयोजन राप्रपा ककनी गाउँपालिकाका अध्यक्ष लालबहादुर तामाङले राप्रपा अध्यक्ष डा. लोहनीले गरेको यस पुण्य कामको प्रशसा गर्दै नुवाकोटको विकासको डा. लोहनीको योगदानको चर्चा गरेका थिए ।

अस्पतालका प्रमुख डा.रोक्काले यस कार्यले उपचारमा थप सहयोग हुने र आफू र आफ्नो समूहलाई थप जिम्मेवार बनाएको बताए ।

प्रतिक्रिया