नुवाकोटमै पहिलोपटक वडा कार्यालयद्धारा निशुल्क औषधी वितरण शुरु
नुवाकोट । विश्वव्यापी फैलिएको नोबेल कोरना भाइरसको संक्रमण बढ्दै गएको बेला जिल्लाका जनप्रतिनिधीहरु उत्तरदायी बन्दै गएका छन् ।
कोरना भाइरसका कारण गत वैशाख २२ गतेबाट सुरु भएको लकडाउनलाई कार्यान्वयन गर्न गराउन जनप्रतिनिधीहरु सक्रिय हुदै आएका छन् । लकडानका बेला राहत वितरण देखि अन्य कार्यमा उनीहरु उत्तरदायी बन्दै गएको पाइएको छ ।
सरकारले जारी गरेको लकडाउनका कारण औषधी उपचार नपाएका वृद्धवृद्धा, दिर्घरोगीहरुलाई निशुल्क औषधी वितरण सुरु गरिएको छ । लकडाउनका कारण मर्कामा परेका विदुर नगरपालिका वडा नम्बर ५ को वडाभित्र रहेका असाहय, दलित र विपन्न व्यक्तिहरुलाई वडाले निशुल्क औषधी वितरण शुरु गरेको छ ।

जनप्रतिनिधि र वडाका कर्मचारीहरुले दिएको पारिश्रमिक सहरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गदै वडाध्यक्ष चित्रकार ।
जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले सोमबारदेखि वडाभित्र रहेका असाहय, दलित र विपन्न व्यक्तिहरुलाई वडाका जनप्रतिनिधि र वडाका कर्मचारीको एक महिनाको पारिश्रमिक संकलन गरेर निशुल्क रुपमा औषधी वितरण शुरु गरेको हो । कार्यक्रमको शुरुवातको पहिलो दिन दुई जनालाई एकमहिना पुग्ने औषधी वितरण गरिएको छ ।
पहिलो चरणमा वडा कार्यालयमा बोलाएर औषधी वितरण गरिएको र अर्काे पटकदेखि वडालाई टेलिफोन सम्पर्क गरेर औषधी चाहियो भनेपछि वडामा रहेको स्वास्थ्य चौकीमा रहेका नर्स तथा स्वास्थ्य स्वयमसेवीकाले घरमै गएर सेवा दिने वडाध्यक्ष शिवकुमार चित्रकारले बताए । उनले निशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तर जारी राख्ने बताए ।
निशुल्क औषधी वितरण गर्न वडाका जनप्रतिनिधि र कर्मचारीले एक महिनाको परिश्रमिक वापत एकलाख ५८ हजार ७ सय ५६ रुपैयाँ विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको सहरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । औषधीको लागी चाहिने अन्य रकम भने दानविरहरुको सहयोगबाट संकलन गरिने वडाध्यक्ष चित्रकारले बताए ।
उनले वडामा रहेका दीर्घ रोगी,अपांगता भएका व्यक्ति, असाहय र विपन्न समुदायका व्यक्तिहरुलाई आवश्यक परे प्रत्येक टोलको घर घरमा पुगेर औषधी वितरण गरिने बताए । वडाध्यक्ष चित्रकारले वडा भित्रमा बसोबास गर्ने वडाका असाहय, दलित र विपन्न नागरिरुलाई विशेष प्राथमिकताका साथ औषधी वितरण गरिने जानकारी दिए ।
वडाका स्थानीयहरुले वडालाई टेलिफोन सम्पर्क गरेर औषधी चाहियो भनेपछि वडाले घरमै सेवा दिन तयार रहेको वडा सचिव शिवहरि गजुरेलले बताए ।

वडाध्यक्ष चित्रकारमार्फत स्वास्थ्य चौकीलाई एक महिनाको पारिश्रमिक दिँदै वडा सदस्य पातली न्यौपाने ।
वडा कार्यालयले निशुल्क रुपमा औषधी वितरण गर्न थालेपछि स्थानीयहरु खुसी भएका छन् । उनीहरु भन्छन्, बल्ल सिंहदरबार गाउँमा आएको महसुस भएको छ निशुल्क औषधी पाएका राजेन्द्र नेपालीले विदुर खबरसँग भने । उनले वडाले निशुल्क औषधी वितरण गरेर अभिभावकत्व ग्रहण गरेको भन्दै खुशी व्यक्त गरे ।
यसअघि विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडामा रहेका असाहय, दलित र विपन्न व्यक्तिहरुलाई उपचारको लागि त्रिशुली अस्पताल जान निशुल्क रुपमा एम्बुलेन्सको समेत व्यवस्था गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया