नुवाकोटमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

विदुर खबर २०७८ जेठ २३ गते २१:५६

नुवाकोट । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै नुवाकोटमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको संगमचोकबाट संयुत्त गठबन्धनले नारा जुलुस गरि बट्टार चोकमा पुगेर पुत्ला जलाएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विभिन्न विद्यार्थी तथा जनवर्गीय संगठनहरुले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको नेविसंघका स्ववीयु सभापति पारस अधिकारीले जानकारी दिए ।

पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

Advertisement

पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे नेकपा एमाले नुवाकोटका युवा नेता उद्धव पनेरुले उपप्रधानमन्त्री महतोले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले वर्तमान सरकारले संविधनको रक्षा गर्न नसकेको भन्दै तत्काल मार्ग प्रशस्त गर्न माग गरे ।

प्रतिक्रिया