नेप्से हालसम्मकै उच्च अंकमा, सवा १७ अर्बको कारोबार
नुवाकोट । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको छ ।
कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ५०.१३ अंकले बढेर २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आइतबारको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको थियो ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो ।
यो दिन महिला लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानसको सेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको सेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।
उपसमूहतर्फ लगानी समूहमा ३.९७ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत र बैंकिङ उपसमूह ३.६६ प्रतिशतले बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया