पासाङल्हामु राजमार्ग एकतर्फी सञ्चालनमा, पटक पटक पहिरो खस्न थालेकोले पहिरो पन्छाउन समस्या(फोटो फिचर)
भैँसे÷अबिरल बर्षाको कारण गत मंगलबार बिदुर नगरपालिका वडा नम्बर १० मा १ नम्बर भैसे पुल स्थित तिरतिरे भिरमा गएको पहिरोले अबरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गत मंगलबार बिहान पासाङल्हामु राजमार्ग अन्तर्गत गएको पहिरोले ४ दिन बाटो अबरुद्ध हुँदा काठमाडौबाट त्रिशूली हुँदै रसुवागढीसम्म जाने सडक पूर्णत बन्द भएको थियो । यात्रुहरु एक नम्बर पुलमा ओर्लेर पारी तुप्चे अक्करेको बाटो पैदल यात्रा गरी भैसे झलुंगे पुल तर्दै पुन अर्को सवारी साधनमा यात्रा गर्न बाध्य भएका थिए । चिनसँग जोडिएको एकमात्र ब्यापारी नाका रसुवागढीसँग जोडिएको सडक अबरुद्ध हुँदा रसुवा तर्फ ५०।६० वटा सवारी साधनहरु लाईनमा बसिरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

पहिरोबाट अबरुद्द भएको सडक आज दिउसो करिब २ बजेको समयमा एकतर्फी रुपमा सञ्चालन गरी नुवाकोटर्फ लाईनबद्द रहेका सबारीसाधनलाई रसुवातर्फ पास गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु राजमार्ग अन्तर्गत तिरतिरे भिरमा पहिरो गएपछि चिनसँग जोड्ने एकमात्र ब्यापारीका नाका रसुवागढीसम्म जान सबारी साधनहरुलाई आवतजावत गर्न समस्या भएको छ । चिनबाट नेपाल भित्रिएका मालबाहक कन्टेनरहरुमा आयात गरिएको समानहरु सडक अबरुद्धको कारण बिग्रने अबस्थामा पुगेको ब्यबसायीहरु बताउछन् ।

गत मंगलबार पहिरो गए लगतै ३ वटा स्काभेक्टर प्रयोग गरी पहिरो पन्छाउन काम भईरहे पनि माथिबाट पटक पटक पहिरो खस्ने समस्याले चालकहरुले जोखिम मोलेरै भएपनि पहिरो पन्छाउने कार्यलाई तिब्रता दिईरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया