पासाङल्हामु राजमार्ग एकतर्फी सञ्चालनमा, पटक पटक पहिरो खस्न थालेकोले पहिरो पन्छाउन समस्या(फोटो फिचर)

विदुर खबर २०७५ साउन १८ गते १५:२२

भैँसे÷अबिरल बर्षाको कारण गत मंगलबार बिदुर नगरपालिका वडा नम्बर १० मा १ नम्बर भैसे पुल स्थित तिरतिरे भिरमा गएको पहिरोले अबरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

Advertisement

 

गत मंगलबार बिहान पासाङल्हामु राजमार्ग अन्तर्गत गएको पहिरोले ४ दिन बाटो अबरुद्ध हुँदा काठमाडौबाट त्रिशूली हुँदै रसुवागढीसम्म जाने सडक पूर्णत बन्द भएको थियो । यात्रुहरु एक नम्बर पुलमा ओर्लेर पारी तुप्चे अक्करेको बाटो पैदल यात्रा गरी भैसे झलुंगे पुल तर्दै पुन अर्को सवारी साधनमा यात्रा गर्न बाध्य भएका थिए । चिनसँग जोडिएको एकमात्र ब्यापारी नाका रसुवागढीसँग जोडिएको सडक अबरुद्ध हुँदा रसुवा तर्फ ५०।६० वटा सवारी साधनहरु लाईनमा बसिरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

 

 

 

 

पहिरोबाट अबरुद्द भएको सडक आज दिउसो करिब २ बजेको समयमा एकतर्फी रुपमा सञ्चालन गरी नुवाकोटर्फ लाईनबद्द रहेका सबारीसाधनलाई रसुवातर्फ पास गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु राजमार्ग अन्तर्गत तिरतिरे भिरमा पहिरो गएपछि चिनसँग जोड्ने एकमात्र ब्यापारीका नाका रसुवागढीसम्म जान सबारी साधनहरुलाई आवतजावत गर्न समस्या भएको छ । चिनबाट नेपाल भित्रिएका मालबाहक कन्टेनरहरुमा आयात गरिएको समानहरु सडक अबरुद्धको कारण बिग्रने अबस्थामा पुगेको ब्यबसायीहरु बताउछन् ।

 

 

गत मंगलबार पहिरो गए लगतै ३ वटा स्काभेक्टर प्रयोग गरी पहिरो पन्छाउन काम भईरहे पनि माथिबाट पटक पटक पहिरो खस्ने समस्याले चालकहरुले जोखिम मोलेरै भएपनि पहिरो पन्छाउने कार्यलाई तिब्रता दिईरहेका छन् ।

प्रतिक्रिया