बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु
विदुर खबर
२०७८ जेठ २३ गते ११:४३

नुवाकोट । बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु भएको छ ।
त्रिशुली अस्पतालका अनुसार विदुर ४ बट्टार घर भएका ३२ वर्षिय महिलाको उपचारको क्रममा आज त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।
त्रिशुली अस्पतालका अनुसार उनको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै आजै नुवाकोटको ककनग् गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । ।
यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया