बागमति प्रदेश सरकारको सहयोगमा म्यागङ गाउँपालिकामा सिढिँ निर्माण
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं.४ स्थित गुनाम्सा टोलदेखि तक्पगङसम्म बागमति प्रदेश सरकार सहयोगमा सिढिँ निर्माण भएको छ ।
बागमति प्रदेशको १ करोड रुपैयाँ र म्यागङ गाउँपालिकाको १ करोड रुपैयाँ गरी २ करोड रुपैयाँको लागतमा २ किलोमिटर लामो सिढि निर्माण भएको हो । ठाडै गोरेटो बाटोको रुपमा रहेको उक्त स्थानमा हिँडडुल गर्नलाई सहज बनाउन, वातावरणीय र पर्यटकीय रुपमासमेत सुन्दर बनाउन गुनाम्साटोलदेखि तक्पगङसम्म सिढि बनाइएको म्यागङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले बताइन् ।
तामाङ समुदायको धार्मिक परम्परा अनुसार संस्कृति र संस्कार संरक्षणको लागि कुङ्गलगङमा छ्योर्देन रहेको छ । कुङ्गलगङ भन्दा केही दुरी माथी तक्पगङमा चैत्य निर्माण गरिएको छ । छ्योर्देन र चैत्यसम्म पुग्नको लागि सहज होस् भन्नको लागि सिढि निर्माण गरिएको उपाध्यक्ष लामाको भनाई छ ।
सहरी क्षेत्रको कोलाहल पूर्ण वातावरणबाट केही हदसम्म भएपनि मुक्ति दिई पर्यटकहरुलाई आकर्षित गर्नको लागि सिंढी निर्माणले महत्वपूर्ण योगदान दिने स्थानीयहरुको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनको लागि तक्पगङ डाडा उत्तम स्थलको रुपमा समेत चिनिएको छ ।
पर्यटन प्रवर्धनको क्षेत्रमा विकास गराउन पनि सहयोग हुने उद्देश्यको साथ गुनाम्सा टोलदेखि तक्पगङसम्म सिढि बनाइएको गाउँपालिकाका उपाध्यक्ष लामाले बताइन् । सिढि निर्माण पश्चात घाँसदाउरा, खेतीपाती गर्नको लागि सहज भएको गुनाम्सा र वरपर टोलकाका नागरिकहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया