बागमति प्रदेश सरकारको सहयोगमा म्यागङ गाउँपालिकामा सिढिँ निर्माण
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं.४ स्थित गुनाम्सा टोलदेखि तक्पगङसम्म बागमति प्रदेश सरकार सहयोगमा सिढिँ निर्माण भएको छ ।
बागमति प्रदेशको १ करोड रुपैयाँ र म्यागङ गाउँपालिकाको १ करोड रुपैयाँ गरी २ करोड रुपैयाँको लागतमा २ किलोमिटर लामो सिढि निर्माण भएको हो । ठाडै गोरेटो बाटोको रुपमा रहेको उक्त स्थानमा हिँडडुल गर्नलाई सहज बनाउन, वातावरणीय र पर्यटकीय रुपमासमेत सुन्दर बनाउन गुनाम्साटोलदेखि तक्पगङसम्म सिढि बनाइएको म्यागङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले बताइन् ।
तामाङ समुदायको धार्मिक परम्परा अनुसार संस्कृति र संस्कार संरक्षणको लागि कुङ्गलगङमा छ्योर्देन रहेको छ । कुङ्गलगङ भन्दा केही दुरी माथी तक्पगङमा चैत्य निर्माण गरिएको छ । छ्योर्देन र चैत्यसम्म पुग्नको लागि सहज होस् भन्नको लागि सिढि निर्माण गरिएको उपाध्यक्ष लामाको भनाई छ ।
सहरी क्षेत्रको कोलाहल पूर्ण वातावरणबाट केही हदसम्म भएपनि मुक्ति दिई पर्यटकहरुलाई आकर्षित गर्नको लागि सिंढी निर्माणले महत्वपूर्ण योगदान दिने स्थानीयहरुको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनको लागि तक्पगङ डाडा उत्तम स्थलको रुपमा समेत चिनिएको छ ।
पर्यटन प्रवर्धनको क्षेत्रमा विकास गराउन पनि सहयोग हुने उद्देश्यको साथ गुनाम्सा टोलदेखि तक्पगङसम्म सिढि बनाइएको गाउँपालिकाका उपाध्यक्ष लामाले बताइन् । सिढि निर्माण पश्चात घाँसदाउरा, खेतीपाती गर्नको लागि सहज भएको गुनाम्सा र वरपर टोलकाका नागरिकहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया