कोक, फ्यान्टा र स्प्राइटको भाउ बढ्यो, अब १ वोतलको कति ?
नुवाकोट । गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ ।
गत शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई देखाएर चीसो पेय पदार्थको मूल्य बढाईएको छ । तर, औपचारिक रुपमा मूल्य बढ्नुको कारण बजेट नै हो भनेर किटान भने गरिएको छैन ।
कति बढ्यो मूल्य ?
नेपाली बजारमा सबैभन्दा धेरै बिक्रि हुने कोकोकोला, फ्यान्टा र स्प्राइटको भाउ बढेको छ । कम्पनी आफैँले स्वघोषित रुपमा मूल्य बढाएका हुन् । वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले आफ्ना उत्पादनका भाउ बढाएका हुन् ।
शुक्रबार संयुक्त रुपमा एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेको जनाएका छन् ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन पाइन्थ्यो ।
कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ ।
त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आउनु अगाडीसम्म २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो ।
कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेका छन् ।
यो मूल्य आजैबाट लागू हुने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया