​गोसाईकुण्ड जादै गर्दा ढुङ्गाले लागेर एक जनाको मृत्यु, २ जना घाईते

विदुर खबर २०७५ साउन १८ गते ११:५३

सरस्वती न्यौपाने

Advertisement

रसुवा,  रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्ड जाने क्रममा पहिरोमा ढुङ्गाले लागेर एक जना तिर्थयात्रीको ज्यान गएको छ । ज्यान जानेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालीका ४ कि अन्दाजी ३६ बर्षिय नम्रता कार्की रहेकी छिन् ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ स्थित घट्टे खोलादेखि ५० मिटर माथि पहिरो गएको स्थानमा एक्कासी ढुङ्गा खस्दा कार्किको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताउनुभयो ।

Advertisement

त्यस्तै पहिरोमा परि रौतहट जिल्ला चन्द्रपुर नगरपालीका ४ का मनोज भट्राई र रमा आचार्य घाईते भएका छन् । टाउकोमा गम्भिर चोट लागेका आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको छ भने भट्राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  हिजो रौतहटको चन्द्रनिगाहपुरबाट आएका २७ जनाको टोली पबित्र तिर्थस्थल गोसाईकुण्ड जादै थिए । पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट करिब ४ किलोमिटरको दुरीमा  छ ।

प्रतिक्रिया