बिहीबार फेरी बढ्यो सुनको भाउ, चाँदीको पनि बृद्धि
विदुर खबर
२०७८ जेठ २० गते १२:५०

नुवाकोट । सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ। बिहीबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।
Advertisement
सम्बन्धित
प्रतिक्रिया