बेलकोटगढि नगरपालिकामा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री वितरण

नुवाकोट । बेलकोटगढि नगरपालीकाको १२ ओटा वडामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीकाे पहलमा एक कार्यक्रमका विच नेपाली कांग्रेस क्षेत्र नम्बर २ का प्रदेश सभापति एवम बेलकोटगढि नगरपालीकाका मेयरका प्रत्यासि उमेरद्धार यादव नेपालको उपस्थितिमा एञ्जलिना शिबशक्ति ट्रस्टको साथ र बोधिसत्व बिहारको सहयोगमा नगरभित्रका १२ वटै वडाको स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, औषधि अक्सिजन उत्पादन गर्ने मेशिन वितरण गरिएको हो ।
बेलकोटगढि नगरपालीका ६ स्थित मालीका स्कुलमा एक कार्यक्रम गर्दे बेलकोटगढि नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख सचेन्द्र राय यादवको माताहतमा नगरपालीकाको १२ वटै वडा भित्र रहेका स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री, औषधि र ३ वटा अक्सिजन उत्पादन गर्ने मेशिन वितरण गरेको नेपालले बताएका छन ।
अक्सिजन उत्पादन गर्ने मेशिन अक्सिजन कन्सन्ट्रेटर बेलकोटगढि वडा नम्बर ३ बेलकोटगढि वडा नम्बर ६ र बेलकोटगढि ८ मा रहेको आइसोलेसन केन्द्रलाई हस्तान्तरण गरिएको उनले बताए ।
विश्व भर महामारीको रुपमा फैलिरहको कोरोना भाइरस नियन्त्रणका लागि अग्रपङ्गतिमा खट्ने स्वास्थ्यक्रमि र स्वास्थ्य संस्थामा अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको कमि नहोस भनेर करिब ४२ लाखको लागतमा उक्त सामान नगरका स्वास्थ्य केन्द्रमा बितरण गरेको एञ्जलिना शिबशक्ति ट्रस्टका प्रतिनिधिले जनाएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया