वीरगन्जमा निषेधाज्ञा १० दिन थपियो
नु्वाकोट । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिएको छ ।
बुधबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ २० गते बिहीबारसम्मका लागि जारी गरेको निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुदै आएको कोरोनाको परीक्षणमा संक्रमितको संख्या कम हुदै गएको छ ।
वैशाख दोश्रो साता तिर संक्रमण दर बढ्दै गएर ७५ प्रतिशतसम्म पुगेको थियो । वैशाख १६ देखि निषेधाज्ञा लगाइएपछि जेठ पहिलो सातादेखि यता भने निरन्तर कम हुदै गएको संक्रमण दर अहिले १५ प्रतिशतमा झरेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा मङगलबार राति पनि १९२ जनाको स्वाब परीक्षण गर्दा २० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण दर कम हुँदै गएको भए पनि अझ कम गर्न जारी निषेधाज्ञा थप १० दिन अर्थात् जेठ ३० गते सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
यसअघि पछिल्लो पटक जेठ १३ गतेबाट जेठ २० गतेसम्मका लागि थपिएको निषेधाज्ञा अब जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको हो ।
पर्सा जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्नमा निषेधाज्ञा उपयोगी देखिएकाले डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप १० दिन अर्थात जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
पछिल्लो २ साता यता संक्रमण दर कम देखिनु सुधारको संकेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
उनका अनुसार वीरगन्जका अस्पतालमा पनि अहिले कोभिडका बिरामीको संख्या ६० प्रतिशतले घटेको छ । पर्सा जिल्लामा अहिले एक हजार भन्दामाथि सक्रिय संक्रमित छन् ।
जारी निषेधाज्ञामा पनि विकास निर्माणका काम नरोकिएको, उद्योग संचालनमा कुनै रोक नलगाइएको र उपभोग्य वस्तुको पनि सहज उपलब्ध हुने गरी व्यावस्था मिलाइएकोले संक्रमण दर अझ कम गर्न निषेधज्ञा जेठ ३० गतेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया