चीन सरकारले उपलब्ध गराएको अनुदानको खोप नेपाल आइपुग्यो

विदुर खबर २०७८ जेठ १९ गते ७:३५

नुवाकोट । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ ।

Advertisement

१० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । चीन सरकारले उपलब्ध गराएको ८ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको चार्टर्ड विमानले मंगलबार दिउँसो बेइजिङबाट सिधै काठमाडौं ल्याएको हो । निगमको विमान सोमबार राति बेइजिङ गएको थियो ।

त्यसैगरी, तिब्बतले उपलब्ध गराएको २ लाख मात्रा खोपमध्ये १ लाख ८ सय मात्रा चीनको कुन्मिङबाट हिमालयन एयरलायन्सको विमानले मंगलबार बिहान र बेलुका गरी दुईपटकमा ल्याएको हो । बाँकी ९९ हजार २ सय मात्रा खोप बुधबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनफिङसँग टेलिफोनमार्फत गर्नुभएको आग्रहअनुरूप चीनले १० लाख खोप अनुदानमा दिएको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ती खोपमध्ये केही विमानस्थलकै कोल्ड रूममा र बाँकी टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया