भाइहरु बचाउँदा सुनकोशीमा दाजुहरु बेपत्ता, एकको शव सशस्त्रले फेला पा-यो

विदुर खबर २०७८ जेठ १८ गते २१:२०

चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित विर्तादेउराली स्थित सुनकोशी खोलामा माछा मार्न गएका चार दाजुभाई मध्ये भाईहरुलाई बगाउन लागे पछि बचाउन गएका दुई दाजुहरु बेपत्ता भएका थिए ।

Advertisement

बेपत्ता मध्येका एकलाई शशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार सुनकोशी खोलामा फेला पारेको छ । ‘सोमबार दिउसो सुनकोशी खोलामा माछा मार्न गएका चार दाजुभाई मध्ये दुई भाईहरुलाई बगाउन लागेको रहेछ, भाईहरु बगाउन लागेको देखेर दाजुहरु बचाउन खोज्दा भाईहरु बचेर दाजुहरु दुबै जना वेपत्ता भए पछि हाम्रो टोलीले मंगलबार दिउसो देखि खोजविन शुरु गरेको थियो’–शशस्त्र प्रहरी वल काभ्रेका प्रमुख एसपी महेश केसीले भन्नुभयो–‘शशस्त्र प्रहरी बल हेडक्वाटरबाट खटिएको गोतखोर टोली र जिल्लाको टोलीको सहजिकरणमा खोजविन शुरु गरिएको छ ।’

माछा मार्न लागेकै स्थानमा बालुवाले पुरिएको अवस्थामा वेपत्ता मध्ये एक युवकको शव फेला परेको एसपी केसीले बताउनु भयो । फेला परेका युवा २१ बर्षिय सुजित तामाङ रहेका छन् । अर्का युवा २२ बर्षिय दिलध्वज तामाङको खोजी कार्य जारी रहेको एसपी केसीले बताउनु भयो । सोमबार दिउसो १ बजे खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो । बेपत्ता भएका युवाहरुको खोजि कार्यमा प्रहरी, स्थानीय सक्रिय छन् । तेमाल गाउँपालिका वडा नम्वर २ घर भएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ बेपत्ता भएका हुन् ।

Advertisement

सुजित र दिलध्वजसँगै सुजितका भाई १७ बर्षिय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षिय पदम तामाङ माछा मार्न सुनकोशी खोलामा पुगेका थिए । ‘दिउसो २.१५ बजेको समयमा खोलामा आएको ठुलो बाढीका कारण युवा हराएको सूचना प्राप्त ग-यौँ र तत्कालै खोजी कार्य शुरु गरेका छौ’–प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । सँगै गएका भाईहरुले दाईहरु खोलाबाट नफर्किएपछि आत्तिएर स्थानीयलाई खवर गरेका थिए । यस अघि पनि उक्त खोलामा पटक पटक माछा मार्न जाने क्रममा तेमालका युवा तथा बालबालिकाहरुको खोलाले बगाएर निधन भएको थियो ।

Advertisement

प्रतिक्रिया