नुवाकोटमा थप ६५ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा थप ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा एकसय ६५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८१ पुगेको छ । यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या एकहजार ४४ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९ सय ४९ जना होम आइसोलेसनमा, ६२ जना अस्पतालमा र ३३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये २३ जना तारकेश्वर गाउँपालिकाका, १५ जना विदुर नगरपालिकाका, १३ जना बेलकोटगढी नगरपालिकाका र ७ जना म्यागङ गाउँपालिकाका रहेका छन् ।
यस्र्तै पन्चकन्या गाउँपालिकाका ४ जना, किस्पाङ गाउँपालिकाका २ जना र सुर्यगढी गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय १० जना कोरोनामुत्त भएर घर फकिएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार २ सय २४ पुगेको छ । नुवाकोटमा कोरोना संक्रमणबाट २३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
नुवाकोटमा हालसम्म १४ हजार ३ सय ५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया