न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

विदुर खबर २०७५ साउन १८ गते ३:२३

विलिङटन, १७ साउन (रासस÷एएफपी) ः न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किनु भएको छ ।

Advertisement

झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भन्नु भएको छ । प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उहाँ विश्वको दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनु भएको थियो ।

अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्नुहुन्छ ।
“म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताउनुभयो ।
“त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उहाँले भन्नुभयो । आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उहाँले थप्नुभयो, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।”

Advertisement

प्रतिक्रिया