अब हरेक स्थानीय तहमा दमकल
नुवाकोट । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् ।
एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यत: ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घन्टा खट्नुपर्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् । मन्त्रालयका अनुसार ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।
झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिकामा दमकल छैन ।
ढेलो नियन्त्रणमा हेलिकप्टरबाट पानी
अर्थमन्त्री पौडेलले विपद् उद्धार तथा व्यवस्थापनका लागि हरेक प्रदेशमा बहुउपयोगी रोबोटिक फायर फाइटिङ, अत्याधुनिक फायर ब्रिगेड, मल्टिसिटर एम्बुलेन्स र उद्धारका लागि गाडी तयारी अवस्थामा राखिने पनि बताएका छन् ।
डढेलो नियन्त्रणका लागि नेपाली सेनाको व्यवस्थापनमा परिचालित हुने गरी पानी खन्याउने बकेटसहितको हेलिकोप्टर तयारी अवस्थामा राखिने पनि उनले उल्लेख गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया