विद्यार्थीलाई ल्यापटप किन्न कर्जा

विदुर खबर २०७८ जेठ १५ गते १७:२५

नुवाकोट । सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।

Advertisement

शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तो कर्जाका ब्याज  एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए।

त्यसैगरी,  १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।

Advertisement

यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया