विद्यार्थीलाई ल्यापटप किन्न कर्जा
विदुर खबर
२०७८ जेठ १५ गते १७:२५
नुवाकोट । सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।
शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए।
त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।
यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया