प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
नुवाकोट । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको छ ।
शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको सार्वजनिक गरेको छ ।
स्थानीय तहहरूका रोजगार सूचना केन्द्रमा सूचीकृत भएका बेरोजगार युवाको संख्या ७ लाख ५३ हजार भन्दा बढी छन् । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बजेट स्थानीय तहहरूमा पुगेको पनि खर्च निराशाजनक छ ।
सरकारले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउने उद्घोष गरेको थियो । त्यसका लागि यो वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।
त्यसमध्ये १० अर्ब ३४ करोड ज्यालामा खर्च गर्ने लक्ष्य भएपनि स्थानीय तहले अहिलेसम्म कमजोर खर्च गरेका छन् ।
यो वर्ष रोजगार कार्यक्रम अन्तरगत १० हजार ९३८ आयोजनाहरु स्वीकृत भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया