नुवाकोटमा २ हजारभन्दा बढीले कोरोनालाई जितेर घर फर्किए

नुवाकोट । नुवाकोटमा २ हजारभन्दा बढीले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८१ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनालाई जितेर घर फर्कनको संख्या २ हजार ४ पुगेको हो ।
यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सुर्यगढी गाउँपालिकामा ३३ जना संक्रमित भेटिएका छन् ।
यस्तै विदुर नगरपालिकामा ११ जना, शिवपुरी र किस्पाङ गाउँपालिकामा समान ३÷३ जना, दुप्चेश्वर र तारकेश्वर गाउँपालिकामा समान २÷२ जना र ककनी गाउँपालिकामा एकजना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयको भनाइ रहेको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
नुवाकोटमा हालसम्म १४ हजार एकसय ४० जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया