आज नुवाकोटमा ८७ जना कोरोनामुत्त भएर घर फर्किए

नुवाकोट । नुवाकोटमा आज ८७ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिललो २४ घण्टामा जिल्लाका ८७ जना कोरोनामुत्त भएर घ। फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ४ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
आज ८७ जना कोरोनामुत्त भएर घर फर्किएकसँगै जिल्लामा हिजोको तुलनामा सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । यो समाचार पार्दासम्मको अवस्थामा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार उकसय ८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकसय ४२ जनाको पिसिआर परिक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सुर्यगढी गाउँपालिकामा ३३ जना संक्रमित भेटिएका छन् ।
यस्तै विदुर नगरपालिकामा ११ जना, शिवपुरी र किस्पाङ गाउँपालिकामा समान ३÷३ जना, दुप्चेश्वर र तारकेश्वर गाउँपालिकामा समान २÷२ जना र ककनी गाउँपालिकामा एकजना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयको भनाइ रहेको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
नुवाकोटमा हालसम्म १४ हजार एकसय ४० जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया