शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

विदुर खबर २०७८ जेठ १४ गते २०:२७

नुवाकोट ।  नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ।

Advertisement

गत २४ घण्टामा मात्र ६ हजार ९ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

Advertisement

प्रदेश २ को धनुषामा ९७, पर्सा २८, बारामा ४३, महोत्तरीमा १३७, रौतहटमा ४८, सप्तरीमा ४३, सर्लाहीमा ३० र सिरहामा ३४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३९२, चितवनमा १५१, दोलखामा १०१, धादिङमा ९८, नुवाकोटमा ८९, भक्तपुरमा २१३, मकवानपुरमा ११८, रसुवामा १२, रामेछापमा १७, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६ र सिन्धुलीमा ७२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Advertisement

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८९, गोरखामा ४०, तनहुँमा ८३, नवलपरासी पूर्वमा ३९, पर्वतमा ५१, मनाङमा १, म्याग्दीमा १३, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा १०२ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ४३, गुल्मीमा ५०, दाङमा १३०, नवलपरासीमा २१, पाल्पामा ६५, प्युठानमा ८, बर्दियामा ११८, बाँकेमा १०९, रुकुम पूर्वमा २, रुपन्देहीमा १२० र रोल्पामा १२० जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा १, जुम्लामा ४, दैलेखमा ४, रुकुम पश्चिमा ८, सल्यानमा ५, हुम्लामा १, सुर्खेतमा ६१ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४३, कञ्चनपुरमा ५०, कैलालीमा १३९, डडेल्धुरामा ५४, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया