विदुर नगरपालिकाले नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको केही बुँदा संशोधन (भिडीयो सहित)

विदुर खबर २०७५ साउन १८ गते २:३२

नुवाकोट÷विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करलाई संशोधन गरेको छ ।

Advertisement

नगरपालिकाले बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा परमार्जन गरेको विदुर नगरपालिकाकी उपमेयर गिता दहालले बताउनुभयो । दाहालले विपक्षी दलको कारण कर नघटाइएको भन्दै केहीमा घटाईको र केहीमा बढाइएको भन्दै संशोधन मात्र गरेको तर घटाएको भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा केही मात्रामा परिवर्तन गरिएको विदुर नगरपालिकाको उपमेयर दाहालले बताउनुभयो । नगरपालिकाले संशोधन गरेको करमा २०० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म कायम गरिएको नगरपालिकाले बताएको छ । यसअघि २०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने बताइएको थियो । । एकीकृत सम्पत्ति करमाफर्त नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको उपमेयर गिता दाहालले बताउनुभयो । उहाँले पाँचलाख देखि १० लाख रुपैयाँसम्मको मुल्याकङनमा बढाएर ५ सय बनाएको बताउनुभयो ।

Advertisement

 

चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ । विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापासलगायत विविध कर समेटिएको छ । विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले विदुर नगरपालिकाले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विदुर नगरपालिकाको चौतर्फी विरोध भएको थियो ।

Advertisement

प्रतिक्रिया