जुवाको खालबाट नुवाकोटका २ सहित १७ जुवाडे काठमाण्डौबाट पक्राउ

विदुर खबर २०७५ साउन १८ गते २:०२

नुवाकोट÷महानगरिय प्रहरी वृतले जुवाको खालबाट नुवाकोटका २ सहित १७ जुवाडेलाई बिहिबार काठमाण्डौ जडिबुटिबाट पक्राउ परेका हुन ।

Advertisement

पक्राउ परेकोमा नुवाकोटका कुमार खड्का र नवराज सिंह रहेको महानगरिय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार बोहरा, सरोज घले, जीवन पाठक रहेका छन् । यस्तै, ललितपुरका मुकुन्द चौलागाईँ, काभ्रेका राम लामा, केदार बुढाथोकी, गोरखाका गंगा थापा, महोत्तरीका वीरेन्द्र सिंह रहेका छन् ।

Advertisement

महानगरिय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेकासँग रु चार लाख १५ हजार ५५०, कौडा १६ थान, सेतो पिठो भएको प्लेट एक थान, जुवा खाल भुईँमा विच्छाएको तन्ना एक थान बरामद गरिएको बताउनुभयो ।  पक्राउ परेका सबैलाई जुवा मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया