सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा
नुवाकोट । सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ९ करोड ९५ लाख लाख रुपैयाँ लाभांश वापत पाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ९ अर्ब ४७ करोड रुपैयाँ सार्वजनिक संस्थानबाट सरकारले लाभांश बुझेको थियो । सार्वजनिक वित्त तथा टेलिकम तथा आयल निगमको नाफाबाट सरकारले पाउने लाभांश बढेपनि उद्योगहरुको अवस्था भने सन्तोषजनक छैन ।
अहिले ४४ वटा सार्वजनिक संस्थान संचालनमा रहेका छन् । जसमा २४ वटा संस्थान नाफामा छन् । १८ वटा संस्थान घाटामा छ भने २ वटा संस्थान पूर्ण रुपमा बन्द छ । आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक संस्थानमा सरकारले २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी तथा ऋण लगानी २ खर्ब ३० अर्ब गरेको छ । यसरी सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब लगानी छ ।
आर्थिक वर्ष २०७६÷७७ मा सार्वजनिक संस्थानबाट १ खर्ब १३ अर्ब रुपैयाँ सरकारले राजस्व पाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया