निषेधाज्ञाले ४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल
नुवाकोट । दाेस्रो लहरको कारोनाको कारण भएको निषेधाज्ञाले संशोधित आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ।
आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ को महामारी बढेका कारण ४.०१ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न कठिन भएको बताए।
चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य रहेकोमा बजेटको अर्धवार्षिक समिक्षामा समेत औसत आर्थिक बृद्धि हासिल हुने अपेक्षा थियो। त्यो भनेको ५ प्रतिशतको हाराहारी हुन आउछ। तर कोभिडको बढ्दो असरले त्यसमा चुनौती बढेको हो।
यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर कोरोना महामारीको कारण त्यो अनुसारको आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ। यस आर्थिक बृद्धि गत वर्षजस्तो नकारात्मक भने नहुने मन्त्रालयले जनाएको छ।
अर्थ सचिव शिशिर ढुंगानाले यस वर्ष पनि कोरोना महामारीको कारण चुनौती थपिएको भए पनि गत वर्ष जस्तो आर्थिक बृद्धि नकारात्मक भने नहुने बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया