निषेधाज्ञाले ४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल

विदुर खबर २०७८ जेठ १४ गते १८:५३

नुवाकोट । दाेस्रो लहरको कारोनाको कारण भएको निषेधाज्ञाले संशोधित आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ।

Advertisement

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ को महामारी बढेका कारण ४.०१ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न कठिन भएको बताए।

चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य रहेकोमा बजेटको अर्धवार्षिक समिक्षामा समेत औसत आर्थिक बृद्धि हासिल हुने अपेक्षा थियो। त्यो भनेको ५ प्रतिशतको हाराहारी हुन आउछ। तर कोभिडको बढ्दो असरले त्यसमा चुनौती बढेको हो।

Advertisement

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर कोरोना महामारीको कारण त्यो अनुसारको आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ। यस आर्थिक बृद्धि गत वर्षजस्तो नकारात्मक भने नहुने मन्त्रालयले जनाएको छ।

अर्थ सचिव शिशिर ढुंगानाले यस वर्ष पनि कोरोना महामारीको कारण चुनौती थपिएको भए पनि गत वर्ष जस्तो आर्थिक बृद्धि नकारात्मक भने नहुने बताए।

Advertisement

 

 

प्रतिक्रिया