तारकेश्वर गाउँपालिकामा २६ जना संक्रमित थपिए

विदुर खबर २०७८ जेठ १४ गते १३:५२

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

थपिएका संक्रमितमध्ये १४ पुरुष र १२ महिला रहेका छन् । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

संक्रमितमध्ये एकसय ७३ जना होम आइसोलेसनमा उपचाररत रहेका कार्यालयका सुचना अधिकारी खनालले बताए ।

Advertisement

गाउँपालिकामा हालसम्म ५ सय ४८ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया