‘अझैपनि तिमीसँग काम गर्ने मन छ’ : शंकर बिसी

विदुर खबर २०७८ जेठ १४ गते १३:१४

नेपाली लोकदोहोरी म्युजिक भिडियोमा निकै रुचाईएको जोडीको रुपमा शंकर बिसी र सम्झना बुढाथोकीलाई लिइन्छ । एक दशक अगाडि यी दुईको लोकदोहोरी म्युजिक भिडियोमा एकछत्र राज थियो ।

Advertisement

अहिलेसम्म युटुबको विकास भएको थिएन । टेलिभिजनमा लोकदोहोरी कार्यक्रमको दबदबा थियो । ती कार्यक्रममा शंकर र संझनाकै भिडियो अत्याधिक प्रशारण हुने गर्दथ्य । कहिले ‘सुपारी चाम्रो’ होस् त कहिले, ‘नजाउ है सानु पधेँरीमा’ । यस्तै, कहिले ‘लालुपाते नुुघ्यो भुँइतिर’ ।

यस्ता, सयौं गीतमा शंकर संझनाको जोडीले कम्मर मर्काएको छ । दर्शकले पनि यो जोडीलाई निकै रुचाएका थिए । दर्शकले त, शंकर र संझनालाई रिलको मात्र होइन रियलकै जोडी संझने गर्दथ्य ।

Advertisement

तर, आज समय फेरिएको छ । शंकर लोकदोहोरीमै सक्रिय रहेपनि सम्झना मोडलिङबाट टाढिएकी छिन् । शरीरको तौल बढ्दै गएपछि संझना लोकदोहोरीको भिडियोमा देखिन छाडिन् । उनी, अहिले काठमाडौंमा बुटिक व्यवसाय संचालन गरेर बसेकी छिन् ।

शंकरले आजपनि म्युजिक भिडियोमा काम गर्दा सम्झनालाई सम्झिरहने बताएका छन् । कुनै गीतको भिडियोमा अरुलाई नचाउँदा वा आफू नाँच्दा सम्झनाको नाँच दिमागमा आउने उनी बताउँछन् ।

Advertisement

शुक्रबार सम्झनाको जन्मदिनको अवसरमा शुभकामना दिदै शंकर सामाजिक सञ्जालमा लेख्छन्– ‘यहाँ सम्झना भैदिएको भए कस्तो बन्थ्यो होला ? मेरा सम्झनाका तरेलीहरुमा आज पनि तिमी नाचिरहेकी हुन्छ्यौ संझना ।’

कसैले अभिनय गर्दा अनुहारको भाव विगार्दा होस् या गीतको मर्म अनुसार काम गर्न नसक्दा । यस्तै, कसैले धेरै टेक खाँदा सम्झनालाई सम्झिरहने शंकरले उल्लेख गरेका छन् । सम्झनाको कामप्रतिको ईमान्दारिताले आफ्नो मनमा गहिरो छाप छाडेको शंकरले बताएका छन् ।

आफ्नो ईच्छा अझैपनि धेरै म्युजिक भिडियोमा सम्झनासँग एकसाथ देखिने रहेको शंकर बताउँछन् । उनी भन्छन्–‘बरु योगा गर्ने कि, व्यक्तिगत ट्रेनर राखेर वा अन्य तरिकाले अझै धेरै मिहिनेत गरेर अलिकती पर्दा सुहाउँदो तौल नियन्त्रण गरेर फेरि तिमी र म सँगै धेरै म्युजिक भिडियोमा देखिने मन छ । त्यो रहर छ मलाई । किनकी म तिम्रो कामको आज पर्यान्त उत्तिकै ठूलो प्रसंशक हुँ । म तिम्रो फ्यान हुँ सम्झना ।’

म्युजिक भिडियोबाट टाढा रहेपनि पर्दा पछारि रहेर यहि क्षेत्रसँग जोडिएर काम गर्नु पेशाप्रतिको लगाव भएको शंकरले बताएका छन् ।

प्रतिक्रिया