कारोबार रकमले रेकर्ड राख्दै गर्दा नेप्सेमा भने गिरावट
नुवाकोट । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै कारोबार रकमको रेकर्ड कायम भएको छ ।
कुल २१५ कम्पनीको ४ करोड १८ लाख कित्ता शेयर १४ अर्ब ७६ करोड ८७ लाख रुपियाँमा कारोबार भएको थियो । नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २८१५ दशमलव ३९ बिन्दुमा दिन समग्र बजार पुँजीकरण ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख रुपियाँभन्दा बढी पुगेको छ । बिहीबार कारोबार भएका १३ समूहमध्ये ६ समूहको सूचकमा गिरावट आउँदा सात समूहको परिसूचक भने बढेको छ ।
जसमा बैंकिङ समूह ६ दशमलव ४६, होटल तथा पर्यटन १४ दशमलव ८३, अन्य २४ दशमलव शून्य २, लघुवित्त १९१ दशमलव ६९, जीवन बीमा १३६ दशमलव ३६ र लगानी समूह शून्य दशमलव ६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार समूह २८१ दशमलव ५३, विकास बैंक ११४ दशमलव ३३, जलविद्युत् १३१ दशमलव ७८, वित्त ३६ दशमलव ८१, निर्जीवन बीमा १४२ दशमलव २९, उत्पादन ३२ दशमलव ६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ८ बिन्दुले बढेको छ ।
कारोवारका आधारमा बिहीबार अपि पावर कम्पनी अग्रस्थानमा छ । सो कम्पनीको ४३ करोड २८ लाख ३४ हजार रुपियाँबराबरको कारोबार भएको छ । यस्तै, अरुण काबेली पावरको ३७ करोड ७४ लाख, चिलिमे जलविद्युत् कम्पनीको ३७ करोड तीन लाख, युनाइटेड मोदीको ३५ करोड ५४ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ५१ लाख रुपियाँको शेयर कारोबार भएको छ ।
यस दिन खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । त्यस्तै, अरुण काबेली ९ दशमलव ९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।
त्यस्तै समता लघुवित्त ५ दशमलव २३, मेरो माइक्रोफाइनान्स ५ दशमलव शून्य ६, एनएमबी माइक्रोफाइनान्स ४ दशमलव ८४, एनआईसी एसिया लघुवित्त ४ दशमलव ८४ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति
अमेरिकासँग नेपालको १०६ रनको लज्जासपद हार
कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया