ओली र प्रचण्डको कुरा मिल्यो, बामदेव भन्छन्- धेरै भन्यो भने बिग्रन्छ

विदुर खबर २०७४ फागुन ७ गते ९:२९

७ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।

Advertisement

दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरे । गौतमले अनलाइनखबरसँग भने, ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।’

Advertisement

पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आलोपालो गर्ने गरी सहमति जुटेको हो भन्ने प्रश्नमा गौतमले भने, ‘अहिले धेरै भन्यो भने विग्रन्छ । हालका लागि एकता संयोजन समितिले केपी ओलीलाई सरकारमा पठायो । पार्टी एकतापछि यसबारे शीर्ष तहमा भएको सहमति अनुसार निर्णय हुनसक्छ ।’

प्रतिक्रिया