ओली र प्रचण्डको कुरा मिल्यो, बामदेव भन्छन्- धेरै भन्यो भने बिग्रन्छ
विदुर खबर
२०७४ फागुन ७ गते ९:२९
७ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।
दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरे । गौतमले अनलाइनखबरसँग भने, ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।’
पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आलोपालो गर्ने गरी सहमति जुटेको हो भन्ने प्रश्नमा गौतमले भने, ‘अहिले धेरै भन्यो भने विग्रन्छ । हालका लागि एकता संयोजन समितिले केपी ओलीलाई सरकारमा पठायो । पार्टी एकतापछि यसबारे शीर्ष तहमा भएको सहमति अनुसार निर्णय हुनसक्छ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया