बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने

विदुर खबर २०७८ जेठ १३ गते २१:२२

नुवाकोट । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति भएपछि  जेठ १६ गतेदेखि प्रदेश सभा अधिवेशन शुरु हुने भएको हो।

Advertisement

बिहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए।

‘संसद अधिवेशन चल्दैछ। त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरिएको हो। सर्वदलीय बैठकमा हाउस कसरी चलाउने भन्ने विषयमा सहमति जुटेको छ,’ मुख्यमन्त्री पौडेलले भने।

Advertisement

कोभिड १९ को महामारीकै बीच स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सहज रुपमा सदन चलाउने विषयमा सहमति जुटेको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिए।

‘कोभिड – १९ को प्रकोप धेरै छ। महामारीकै बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ। त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरुका बीचमा केही त्यस्ता समस्या छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमति भयो,’ पौडेलले भने।

Advertisement

प्रतिक्रिया