चेम्बरद्वारा किराना पसल बन्दको निर्णय फिर्ता लिन माग

विदुर खबर २०७८ जेठ १३ गते १८:१०

नुवाकोट ।  उपत्यकामा किराना पसल समेत खोल्न बन्देज गरिएको निषेधाज्ञाको नयाँ मापदण्ड फिर्ता लिनुपर्ने नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले माग गरेको छ ।

Advertisement

एनसीसीले सरकारका विभिन्न निकायहरुलाई पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ १४ गते(भोलि)देखि लागू हुने गरी किराना पसल समेत खोल्न नपाइने गरी जारी भएको नयाँ आदेशलाई अव्यवहारिक भन्दै तत्काल फिर्ता लिन माग गरेको हो ।

एनसीसीले जारी गरेको एक विज्ञप्ति अनुसार किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने तथा किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाई सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्थासँगै साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्था गर्न माग गरेको छ ।

Advertisement

 

प्रतिक्रिया