नुवाकोटका सांसद हितबहादुर तामाङ कोरोनामुक्त
विदुर खबर
२०७८ जेठ १३ गते १४:१९

नुवाकोट । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ कोरोना मुक्त भएका छन् ।
सांसद तामाङले आफूले कोरोनालाई जित्न सफल भएको बताएका हुन। सांसद तामाङलाई वैशाख ३० गते ज्वरो आएपछि शिक्षण अस्पताल महाराजगन्जमा पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा जेठ १ गते शनिबार कोरोना संक्रमणको पोजिटिभ रिपोर्ट आएको थियो ।
सामान्य लक्षण देखिन साथ एकान्तबास बस्न थालेका सांसद तामाङको हिजो बुधबार दिइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो। यसैबीच होम आइसोलेसनमा रहेकी सांसद पत्नी बिमला तामाङको स्वास्थ्य सुधार भएको बताइएको छ।
हाल लक्षण केहि देखिएको छैन स्वास्थ्य सुधार भैसकेको तर पुन स्वाब परिक्षण भने भैनसकेको पारिवारिक श्रोतले उल्लेख गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया