सरकारको विरोध सामाजिक सञ्जालबाट
नुवाकोट । प्रतिनिधिसभा विघटनाविरुद्ध आन्दोलनरत विपक्षी पाँचदलीय गठबन्धनले सरकारको विरोध सामाजिक सञ्चालबाटै गर्ने नीति बनाएको छ ।
कोरोना संक्रमण फैलिने क्रम बढिरहेको अवस्थामा सडक आन्दोलनको सम्भावना नरहेकाले विपक्षी दलले सरकारविरुद्ध सामाजिक सञ्जालमार्फत दबाबमूलक अभियान सञ्चालन गर्ने नीति लिएका हुन् । केन्द्रदेखि वडासम्म सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको विपक्षी गठबन्धनले सामाजिक सञ्जालबाट संसद् विघटनविरुद्ध सशक्तरूपमा आवाज उठाउने बताएको छ । विपक्षी गठबन्धले न्यायिक लडाइँबाटै संसद् पुनःस्थापित हुने दाबी गरेको छ ।
सर्वोच्च अदालतमा १ सय ४६ जना सांसद उपस्थित भएर रिट दिएसँगै अब विपक्षी गठबन्धन सर्वोच्चको फैसलाको प्रतीक्षामा बसेको छ । तत्काल कोरोनाका कारण सडक आन्दोलनको गतिविधि गर्न सम्भवना नरहेकाले न्यायिक लडाइँलाई नै प्राथमिकता दिएर अगाडि बढ्ने बताएको छ ।
नेपाली कांग्रेसले संसद् विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बैठकले न्यायिक लडाइँ अदालतमा र राजनीतिक लडाइँ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले नागरिक समाज, राजनीतिक दल, आमनागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमूलक असंवैधानिक कदमबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’ कांग्रेसले सिङ्गो पार्टी पङ्क्तिलाई राष्ट्रपति र प्रधानमन्त्रीका विरुद्ध सशक्त आवाज उठाउन गरी परिचालन नै गर्ने निर्णय गरेको छ । सरकारको कदमको विरुद्ध लाखौं मान्छे सडकमा आउन तयार भए पनि तत्काल सडकमा जानु हुँदैन भन्ने बैठकले निष्कर्ष निकालेको महले बताउनुभयो ।
बैठकले कोभिड–१९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर गरेको छ ।त्यसै गरी, नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले पनि तत्काल सडकमा जाने अवस्थामा नरहेकाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठमा संसद् विघटन गर्ने निर्णयको विरुद्ध राजनीतिकरूपमा सशक्त आवाज उठाउने बताउनुभयो ।
उहाँले सरकारको गलत कदमका विरुद्ध सर्वोच्चमा रिट दायर भइसकेको अवस्थामा अहिले कोरोनाका कारण सडक आन्दोलनमा जान उपयुक्त नरहेकाले सामाजिक सञ्जालबाट अभियान सञ्चालन गरिने बताउनुभयो ।यसअघि पुस ५ गते सरकारले संसद् विघटन गर्दै छुट्टाछुट्टै सडक आन्दोलन गरेका विपक्षी पाँच दल अहिले भने एउटै मोर्चा बनाएको छ । पाँच दलीय गठबन्धनले केन्द्रदेखि वडासम्म आ–आफ्नो संगठनलाई परिचालन गरेर सरकारविरुद्ध आवाज उठाउने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहका नेता गंगानारायण श्रेष्ठले सरकारले जनतामाथि विश्वासघात गरेर संसद् विघटन गरेकाले सशक्तरूपमा प्रतिवाद गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारको गलत कदम अदालतले सच्याउनेमा हामी विश्वस्त छौं , कोरोनाले सडक आन्दोलनमा जाने अवस्था नभएकाले अब राजनीतिकरूपमा सशक्त भएर प्रतिवाद गर्छौं ।
’जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनविरुद्धमा कांग्रेसले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेको छ । त्यसका विरुद्धमा कांग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया