लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ जेठ १२ गते २१:२२

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

बुधवार त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गाउँपालिकाले ५५ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १२ जनाको रिर्पाट नेगेटिभ आएको लिदु गाउँपालिकाले जनाएको छ ।

Advertisement

यससँगै लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ७३ पुगेको छ ।

लिखु गाउँपालिकामा हालसम्म ६ सय ५० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया