नुवाकोटको तारकेश्वर गाउँपालिकामा थप ४२ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ जेठ १२ गते २१:१४

नुवाकोट । नुवाकोटको तारकेश्व गाउँपालिकामा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

त्रिशुली अस्पतालमा ५४ जनाको स्वाब संकलन गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

त्यस्तै १२ जनाको पिसिआर परिक्षण नेगेटिभ देखिएको अस्पतालले बताएको छ । यससँगै तारकेश्वर गाउँपालिकमा कोरोना संक्रमितको संख्या २ सय ५२ पुगेको छ ।

Advertisement

तारकेश्वर गाउँपालिकामा हालसम्म तारकेश्वर गाउँपालिकामा ४ सय ८३ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया