बुद्ध जयन्तीमै लुम्बिनी सुनसान

विदुर खबर २०७८ जेठ १२ गते १९:२५

नुवाकोट । आज २५६५ औं बुद्ध जयन्ती गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यो दिन भिडभाड हुनु पर्ने हो ।

Advertisement

कोरोना संक्रमण हुनु पुर्वका बर्षहरुमा बुद्ध जयन्ती धुमधामका साथ मनाइएको थियो । बुद्ध संग सम्बन्धित ¥याली, बिभिन्न देशका भिक्षु भिक्षुणी लगायत अन्य बौद्ध अनुयायीहरुले लुम्बिनीलाई झकीझकाउ बनाएका हुन्थे । नेपालका राष्ट्रपति, प्रधानमन्त्री देखी प्रदेशका मूख्यमन्त्री र स्थानिय जनप्रतिनिधिको पनि ठूलै जमघट हुने गर्दथ्योे । लुम्बिनीका सबै होटलहरु भरि भराउ थियो , सबै तिर उल्लासमय वातावरण बन्ने गर्दथ्योे ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाणको त्रिसंयोग दिनको रुपमा रहेको बुद्ध पूर्णिमामा लुम्बिनीमा भव्य कार्यक्रमहरू हुने गर्दथ्यो । बुद्ध पूर्णिमा मनाउन राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न विदेशी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख, विभागीय मन्त्री, कूटनीतिक नियोगका प्रमुख, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्ध मार्गीहरू, भिक्षु भिक्षुणीहरू लगायतको लुम्बिनीमा आगमन हुन्थ्यो । यसका साथै स्थानिय पर्यटकहरुले पनि यो दिन लुम्बिनी भरि भराउ हुन्थ्यो ।

Advertisement

तर २ बर्ष यता लुम्बिनीमा कुनै रौनक छैन । चारै तिर अनौठो तरिकाको शुन्यता मात्र छ । बाटोहरु सुनसान रहेका छन् । गत बर्ष जस्तै यस बर्ष पनि बिभिन्न रङ्गी चङ्गी फूलहरु फुलेका छन्, तर यसको सौन्दर्यतामा भुल्ने अहिले कोही पनि छैन । होटल ब्यवसायीहरु पनि पर्यटक आगमनको पर्खाईमा रहेका छन् । मानव जगतलाई त्राही त्राही बनाएको कोरोनाको संकटको मारमा बौद्ध जयन्ती परेको छ । कोरोनाको त्रासलाई हेरेर बुद्ध जयन्तीको सबै समारोहहरु रद्द गरिएको छ । बुद्ध जयन्तीको दिन बुधवार बिहान मायादेवी मन्दिरमा सामान्य शान्ती पाठ मात्रै गरिएको थियो ।

राती भने २५६५ औं बुद्ध जयन्तीको कोरोना महामारीमा परि दिवंगत भएकाहरुका सम्झनामा दिप प्रज्वलन गरिने लुम्बिनी बिकास कोषले जानकारी दिएको छ । मायादेवी मन्दिर परिसरभित्र लुम्बिनीमा उपलव्ध महायानी, बज्रयानी र थेरवादी गुरु, गुरुमा, भिक्षु, भिक्षुणी, लामा गुरुहरुवाट धार्मिक पूजा तथा मन्त्रोचारण गरि बुद्ध जयन्ती औपचरिक रुपमा मनाईएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेको लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले बुद्धका शिक्षाहरु विश्व शान्ती र मानव कल्याणको लागी महत्वपूर्ण रहेको बताउनु भयो । उहाले विश्व समुदायले बुद्धिजमलाई कसरी ग्रहण गरेको छ भनेर हेर्ने थलोको रुपमा लुम्बिनी मात्र रहेको बताउनु भयो । लुम्बिनी विश्व ग्रामको रुपमा स्थापित हुदै गएको समेत औल्याउनु भयो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बौद्ध जिवन बाच्नको लागी लुम्बिनी अत्यन्त उत्तम थलो रहेको बताउनु भयो । यहा एउटा मात्र बुद्ध मात्र नभई बौद्ध पराम्परा दिने देशको रुपमा नेपाल विकसीत हदै गएको बताउनु भयो । शाक्य मूनि बुद्ध भन्दा अगाडी क्रकुछन्द र कनकमूनि बुद्ध जन्माएर प्राचीन बौद्ध पराम्परा नेपालमा पहिले देखी नै रहेको उहाँले बताउनु भयो । त्यो समय र बौद्ध अध्ययनको लागी लुम्बिनी उत्तम स्थल रहेको उहाको बथन रहेको छ ।

लकडाउनको महामारी पछि शान्ती खोजी गर्नेहरुको संख्यामा बृद्धि हुने बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाई छ । त्यसकारण यो महामारी पार हुने बित्तिकै लुम्बिनी र अन्र्तराष्ट्रिय बिहारहरु जोडिने गरि कार्यक्रम ल्याईने सोचमा कोष रहेको उहाले बताउनु भयो । २५६५ औं बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा २५ हजार बिभिन्न फलफुलका बिरुवाहरु रोप्ने कार्यको थालनी भएको छ ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले बृक्षारोपण कार्यको शुभारम्भ गर्नु भएको हो । गत बर्ष पनि ७ हजार बिभिन्न फलफुलका बिरुवा रोपेको र यस बर्ष पनि २५ हजार बिरुवा रोप्नको लागी सबै ईन्जिनियरिङका प्रक्रियाहरु पुरा गरेको कोषका योजना अधिकृत सरोज भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया