दुप्चेश्वर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष सुशील खड्काद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
नुवाकोट । नेपाली कांग्रेसका युवा नेता एवम दुप्चेश्वर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवि सुशील खड्काले नुवाकोटको त्रिशुली अस्पतालसहित अन्य ४ स्वास्थ्य संस्थामा स्वासथ्य सामाग्री वितरण गरेका छन् ।
बुधवार जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको रोहवरमा खड्काले त्रिशुली अस्पताल, समुन्द्रटार अस्पताल, खरानीटार अस्पताल, शिखरवेशी स्वास्थ्य चौकी र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
समन्वय समितिकमा एक कार्यक्रमकाविच कोरोना संक्रमणबाट बच्न उपयोगी हुने सामग्री हस्तान्तरण गरेका हुन् । त्रिशुली अस्पताललाई वितरण गरिएको स्वाथ्य सामाग्रीमा नेवोलाइजर २ थान, माक्स २ हजार पिस,अक्सिमिटर २ पिस, सेनिटाईजर १० लिटर र थर्मलगन एकथान रहेका छन् ।
त्यस्तै समुन्द्रटार अस्पताललाई माक्स ५ सय पिस, सेनिटाईजर ५ लिटर, थर्मलगन एकथान, अक्सिमिटर २ ओटा र नेवोलाइनर एकथान रहेका छन् । खरानीटार अस्पतालमा सेनिटाइजर १० लिटर, माक्स ५ सय थान, र्थमलगन एक पिस,अक्सिमिटर २ थान र नेवालाइजर २ थान रहेका टन् ।
यस्तै शिखरवेशी स्वास्थ्य चौकीमा माक्स ५ सय पिस, एक सेट पिपिई, अक्सिमिटर २ थान, थर्मलगन एकसेट, सेनिटाईजर ५ लिटर र नेवोलाइजर एक थान रहेका छन् । त्यस्तै खड्का जिल्लाम प्रहरी कार्यालय नुवाकोटलाई माक्स एकहजार पिस, सेनिडाइजर ५ लिटर र अक्सिमिटर एक थान रहेका छन् ।
खड्काले स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमणबाट जोगिन केही न केही सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले विभिन्न स्वास्थ्य संस्थाहरुलाई आगामी दिनमा पनि सकेको सहयोग गर्न तयार रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुखको रोहवरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सामाजसेवी खड्का ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले निषेधाज्ञा लम्बिँदै गएसंगै मानिसहरुलाई भोकले पनि सताउन थालेको बताए । उनले कोरोना जोखिमको बेला स्वास्थ्य सेवा पु–याउन यस्ता सहयोगले धेरै महत्व राख्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसबाट पन्चकन्या गाउँपालिकामा अध्यक्षका प्रत्यासी रहेका रामेश्वर थापा तथा दरुण दल नुवाकोटका जिल्ला सदस्य प्रदिप थापाको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
खड्काकाे ब्यक्तिगत पहलमा झाेलुङ्गे पुल निर्माण
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की





प्रतिक्रिया